
बैंकिङ खबर/नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलवार बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती पश्चात आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन् ।


