
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको व्यवसाय विस्तार सुस्त हुँदै गएको पाइएको छ । फागुन यता बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ ।
तरलता अभावको कारण पछिल्लो समय उनीहरुको व्यवसाय सुस्ताउदै गएको हो । फागुन ६ गतेसम्ममा बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।
माघ २९ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ११ अर्ब रुपैयाँ थियो भने कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ थियो ।