Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

२ करोड चेक बाउन्सको आरोपमा ग्रिनलाइनका संचालक अग्रवाल पक्राउ

२०७८ फाल्गुन ९ गते


बैंकिङ खबर/ ग्रिनलाइन सेन्टरका संचालक अमित अग्रवाल चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् । क्लाइन्टलाई दिएको २ करोडको चेक नसाटिएपछि उनी पक्राउ परेका हुन् ।

१ महिनाअघि काठमाडौंबाट फरार भएका अमित अग्रवाल दाजुभाई २ साताअघि राजधानी आएका थिए । बैंकर र ऋण लिएका व्यक्तिहरुलाई भेटेका अमित केही दिनअघिनै बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका हुन ।

मिटर व्याजमा पैसा लिएका सञ्जय अधिकारी र टंकशम्शेर जबराको चेक बैंकमा नसाटिएपछि उउनीहरुको उजुरीको आधारमा अमितलाई प्रक्राउ गरेको महानगरिय प्रहरी प्रभागले जनाएको छ ।

टंकशम्शेर जबराको डेढ करोड र सञ्जय अधिकारीको ५० लाखको चेक बाउन्सभएपछि उनी प्रहरी फन्दामा परेका हुन् । अग्रवाल दाजुभाईले नेपाल इन्भेष्टमेण्ट, एभरेष्ट, मेगा र ग्लोबल आइएमई बैंकबाट लिएको १ अर्वभन्दा बढी बढी ऋण लिएका छन् ।

Ad