Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिद्वारा मर्जरमा जाने कम्पनीलाई छुट तथा सुविधा थप

२०७८ फाल्गुन ५ गते

बैंकिङ खबर/बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई ८ किसिमका सुविधा तथा छुट थप गरेको छ। मर्जरमा जाने बीमा कम्पनीहरुले थप सुविधा तथा छुट पाउने भएका हुन्।

समितिद्वारा जारी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा १० मा गाभ्ने, गाभिने तथा प्राप्ति गर्दा दिइने छुट सम्बन्धी व्यवस्था गरिएको छ।

बीमा समितिले कम्पनीहरुलाई जारी गरेको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी साेही निर्देशिका, २०७६ लाई प्रथम पटक संशोधन गर्दै थप सुविधा तथा छुट उपलब्ध गराउने निर्णय गरेको हो।

कम्पनीले गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बीमकका अभिकर्ताहरुलाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गरिने व्यवस्थासमेत थप गरेको छ।

यस्तै कम्पनीले गाभिदा वा प्राप्ति कारणबाट बीमकको शाखा कार्यालय थपघट तथा मिलान गर्नु पर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सक्ने छ। बीमक गाभिएकै कारण गाभ्ने बीमकको संचालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृत लिएर थप संचालकको व्यवस्था गर्न सक्ने बताइएकाे छ।