
बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको तीन कर्मचारीको बढुवा भएको छ । हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव–महाप्रबन्धक(डिजिएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा भएका छन् ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव सँगालिसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहुबैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।
त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सँगालेका छन् । अर्यालले यसअघि क्रेडिट व्यवसाय, ट्रेजरी, ब्राञ्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरिसकेका छन् ।