बैंकिङ खबर/ एन आई सी एशिया बैंक लि.ले हाल डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिँदै आएको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको हो ।
बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकाले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ । डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकले दाबी गर्दै आएको छ । बैंकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
यसैबीच बैंकले हालै डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग एप, वेभसाइड, आइ सर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यससुविधा मार्फत यस बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआएसी एशिया मोबाइल बैंकिङ्ग एप, आइ सर्भिस, वेभसाइड तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
आइसर्भको प्रयोग गरी घरबाटै सेवा
नेपालमा भर्चुअल बैंकिङ प्रणाली सञ्चालनमा ल्याउनेमा एनआईसी एसिया पहिलो बैंक बनेको छ । ‘एनआईसी एसिया आईसर्भ डिजिटल सेवा’मार्फत बैंकका सम्पूर्ण सेवा सुविधा अनलाइनमार्फत नै प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकले ‘डिजिटल फष्ट’ बन्ने रणनीतिअनुरुप ‘आइसर्भ डिजिटल सेवा’ सञ्चालनमा ल्याएको हो । यस सेवाको प्रयोग गर्ने ग्राहकले निक्षेप तथा चेक जम्मा गर्न बैंक शाखासम्म पुगेर भौतिक फारम भर्ने झन्झटको अन्त्य गरिदिएको छ । बैंकिङ सेवा उपभोग गर्न मिल्ने गरी ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाइएको छ । यस प्लेटफर्ममार्फत ४ विधामा २० बैंकिङ सुविधा सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।
आइसर्भमार्फत सेवाग्राहीले नयाँ आवेदन दिन, अनब्लक, ब्लक तथा पिन पासवर्ड रिसेट गर्न, ग्राहकसम्बन्धी सेवाहरू ब्यालेन्सको जानकारी, चेक बुक, ब्यालेन्स सर्टिफिकेट, एकाउन्ट स्टेटमेन्ट, मर्चेन्ट, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन, चेक भुक्तानी रद्द गर्ने सुविधा प्राप्त गर्न सक्ने बैंककले जनाएको छ ।
यसैगरी टेलर सेवाहरु (नगद तथा चेक तथा भौचर भर्ने ) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविट कार्ड परिवर्तन आवेदन, इन्स्टा बाई) लगायतका सेवा यस भर्चुअल बैंक प्रणालीमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।कोभिड–१९ संक्रमण अझै पनि हटि नसकेको अवस्थामा बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीहरु सकेसम्म बैंकसम्म पुग्न नपरोस् भन्ने लक्ष्य बैंकले लिएको छ ।
अधिकांश बैंकिङ सेवा सुविधाहरुलाई आइसर्भ भर्चुअल बैंकिङ प्रणालीमा उपलव्ध भएकाले सीमित कामबाहेक सेवाग्राही बैंकमा जानुनपर्ने बैंकले जनाएको छ ।
बैंकका सेवाग्राहीहरु हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको डिजिटल सेवामार्फत विभिन्न सेवा लिन सकिने व्यवस्था मिलाएको हो । हाम्रो डिजिट बैंकिङ सेवालाई अझै परिष्कृतरुपमा विकास गरी एउटै प्लाटफर्ममार्फत उपलब्ध गराउन बैंकले आइसर्भ भर्चुअल प्रणालीको विकास गरेको हो ।
शाखा सञ्जाल विस्तारमा एनआईसी एशिया बैंक अब्बल रहेको छ । एनआईसी एशियाको शाखा संख्या ३५८ पुगेका छन् । जसले गर्दा एनआईसीका ग्राहकलाई सजिलै कारोबार गर्न सहज भएको छ। ग्राहकहरुले देशभरका शाखाबाट सजिलै कारोबार गर्न सक्नेछन् ।
टोलैपिच्छे एटीएम
एटीएम सबैभन्दा बढी भएको बैंक पनि एन आई सी एशिया बैंक नै भएको छ । एनआईसी एशिया बैंकका एटीएमको संख्या ४७३ पुगेको छ । जहाँबाट ग्राहकले सुविधा लिइरहेका छन् । त्यसैले एनआईसी एशिया बैंकका ग्राहकले टोलैपिच्छे एटीएम हुँदा थप सहज भएको महसुस गर्दै आएका छन् ।