
बैंकिङ खबर/ बीमा समितिले दर्जन हाराहारीमा लघुबीमा कम्पनीहरुको लाइसेन्स बाँड्ने तयारी गरेको छ । समितिले लघुबीमाको आवश्यकता सम्बन्धी अध्ययन गर्न एक अध्ययन समिति समेत बनाएको थियो ।
समितिको प्रतिवेदनलाई आधारमान्दै समितिले एक दर्जन कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको हो । बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सदस्य रहने गरी अध्ययन समिति गठन गरेको थियो ।
बीमा समितिले लघुबीमाको लाइसेन्स बाँड्दैछ भन्ने वित्तिकै केही कम्पनीहरुले आवेदन समेत दिइसकेका छन् । बीमा समितिले दिएको जानकारीअनुसार माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, हव माइक्रो इन्स्योरेन्स र उन्नती लघुबीमा कम्पनी, अभिया लघुबीमा, अन्नपूर्ण लघुबीमा कम्पनी लगायतले लाइसेन्स माग गर्दै आवेदन दिएका छन् ।



