Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकले निक्षेपमा १२.५५ र फाइनान्सले १२.६५ प्रतिशतसम्म ब्याज दिने

२०७८ माघ २८ गते


बैंकिङ खबर/ वाणिज्य बैंकहरुले फागुन १ गतेबाट लागु हुने निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन् । विकास बैंकका सीईओेहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुले मुद्धति निक्षेपको अधिकतम ब्याजदर ११.५५ प्रतिशत पुर्याउने निर्णय गरेको छ ।

रेमिट्यान्सलाई भने १२.५५ प्रतिशतसम्म दिन सक्नछन् । यता, संस्थागत मुद्धति निक्षेपमा १०.३५ प्रतिशत र बचतको न्यूनतम ब्याजदर ६.५५ प्रतिशत पुग्ने भएको छ ।

फाइनान्स कम्पनीले विकास बैंकको भन्दा ०.१ प्रतिशत बढी ११.६५ प्रतिशत ब्याजदर दिने भएका छन् । फाइनान्स कम्पनीले रेमिट्यान्सको मुद्धति निक्षेपमा १२.६५ प्रतिशत र संस्थागत मुद्धतिमा ११.६५ प्रतिशत ब्याजदर प्रकाशित गर्ने भएका छन् ।

Ad