
बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को कास्की जिल्लाको पोखरामा आ.व. २०७८-०७९ को अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्यांकन तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिम वित्तीय संस्थाका अध्यक्ष बावुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै वित्तीय संस्थाका अध्यक्ष विश्वकर्माले वित्तीय संस्थामा भई रहेका गतिविधिहरुको मूल्याङ्ककन, समिक्षा गर्दै आगामी रणनीतिहरु तय गर्नु पर्ने र संस्थामा देखिन सक्ने हरेक प्रकृतिका जोखिमहरुको न्यूनिकरणका विषयमा समेत समिक्षा बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।
अर्धवार्षिक समिक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्यअनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए ।
अर्धवार्षिक समिक्षा बैठकसँगै संस्थाले शाखा प्रमुखहरुको क्षमता अभिवृद्धिका लागि धितो मूल्याङ्ककन तथा जोखिम व्यवस्थापनसँग सम्बन्धीतालिमपनिआयोजना गरेको थियो जसको सहजीकरण लेखनाथ दाहाल र खगेन्द्र तिमिल्सेनाले गरेका थिए ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य रेवन्तबहादुर विश्वकर्मा, नरेन्द्र कंडेल, गोकर्ण बहादुर कार्की क्षेत्री, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतले आ–आफ्नो महत्वपूर्ण सुझावहरु राखेका थिए ।



