Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीको सिइओको तलब भत्ता तथा सुविधा नघट्ने(पूर्णपाठ)

२०७८ माघ २४ गते


बैंकिङ/ बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा सेवा सुविधाहरु नघट्ने भएको छ । बीमा समितिले बीमकको कार्यकारी प्रमुखको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

बीमा कम्पनीका सिइओले निश्चत बार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पदनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरु र अन्य सुविधाहरु प्राप्त गर्न सकिने व्यवस्था छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुको सिइओले विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म तलब भत्ता पाउन सकिन्छ ।

यस्तै जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको हकमा बीमकको विगतको तीन वर्षको आर्थिक वर्षहरुको अन्यको औसत कुल सम्पत्तिको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म सिइओलाई तलब भत्ता तथा सुविधा दिन सकिने मापदण्ड रहेको छ ।

उक्त मापदण्डहरुको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउछ सोही अनुरुपको निश्चित तलब भत्ता प्रदान गरिने मार्गदर्शनमा उल्लेख छ ।

 संशोधित मार्गदर्शनको पूर्ण पाठ