
बैंकिङ खबर/ भनिन्छ युवाहरू परिवर्तनका संवाहक हुन्। उनीहरूसँग जाेश हुन्छ, जाँगर हुन्छ र अर्काे अर्थमा भन्नु पर्दा देश निर्माणकाे भिजन हुन्छ । कतिपय क्षेत्रमा युवाहरूकै कारण परिवर्तन सम्भव भएका छन् । यसाे भनिरहँदा अग्रज पुस्ताले केही गर्नै सक्दैनन् भन्ने चाहिँ हाेइन।
अहिले राजनीति, शैक्षिक, सामाजिक लगायत हरेक क्षेत्रमा युवाहरूकाे उपस्थिती अनिवार्य मानिएकाे छ । यसै मध्येका एक युवा हुन्, राेशनकुमार न्याैपाने । बैंकिङ क्षेत्रका एक हाेनहार नाम। न्याैपानेले ०७४ चैत्र २ गतेदेखि एनआईसी एशिया बैंकको नेतृत्व सम्हालेका हुन् । उनी नेतृत्वमा आएसँगै यस बैंकले पछिल्ला दिनहरूमा अप्रत्यासित रूपमा सफलता पाएकाे छ ।
एनआईसी एशिया बैंकको खराब कर्जा अहिले न्यून छ। कोभिड–१९ को विषम परिस्थितिमा समेत एनआईसी एशिया बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गरेको छ। निष्कृय कर्जालाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न एनआईसी एशिया बैंक सफल भएको छ । यसकाे श्रेय जान्छ न्याैपानेलाई । हुन त उनी आफू एक्लैले मात्र बैंकले सफलता नपाएकाे र यसमा सबै कर्मचारीकाे उत्तिकै महत्वपूर्ण भूमिका रहेकाे बताउँछन् । तैपनि उनले अघि सारेका हरेकजसाे कार्य याेजनामा कर्मचारीकाे साथ भएर नै बैंकले सफलता पाएकाे हाे ।
नेपाल चार्टर्ड एकाउन्टस् संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट डिग्री लिएका बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकको उज्यालो भविष्य निर्माणका लागि दीर्घकालीन रणनीतिको यथोचित कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। छोटो समयको बैंकिङ अनुभव मै बैंकको सर्वोच्च भूमिका पाएर बैंकलाई सबै सरोकारवालाहरुको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाउन न्यौपानेले निकै दुःख गरेका छन्।
बैंक तथा वित्तीय क्षेत्रमा रहेको परम्परावादी बैंक व्यवस्थापन शैलीलाई परिवर्तन गर्दै आक्रामक बजार विस्तारलाई अगाडि बढाउन महत्वपूर्ण कदम अगाडि सारे। जसका कारण एनआईसी एशिया बैंकले न्यौपानेको नेतृत्वमा कर्जा, निक्षेप, स्वःपूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय र एटिएमको आधारमा देशको बैंक तथा वित्तीय क्षेत्रमध्ये ‘नम्बर एक बैंक’ को ताज हासिल गर्न सफल भएकाे छ।
बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा करिब १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरि कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरि कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्याउन बैंक सफल भएको छ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ। जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो। यसैगरि बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन नेपालका २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको विश्वास रहेको छ। साथै, यस बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेकोसमेत बैंकको अनुमान रहेको छ। कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।
बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ५ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाखभन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।
यसकारण पनि बैंकले विगत ४ वर्ष यता गरेकाे याे सफलतामा सिइओ न्यौपानेकाे नेतृत्व क्षमता मुख्य रहेकाेमा अब शंका छैन । बैंकिङ क्षेत्रमा उनकाे यसप्रकारकाे कामकाे अहिले धेरैले प्रशंसा गरेका छन् । उनकाे प्रशंसा कामकै मूल्यांकनका आधारमा भएकाे हाे ।
निरन्तर काममै सक्रिय भएका कारण सिइओ न्यौपाने ०७७ चैत २७ मा राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ तथा कर्पोरेट बिजनेस म्यागेजिनको ‘कर्पोरेट सिइओ अफ द इयर, ०७८’ बाट सम्मानित भएका छन् । साथै, बेलायतको प्रतिष्ठित ग्लोबल बिजनेस आउटलुक म्यागजिनले सिइओ न्यौपानेले नेपालको बैंकिङ क्षेत्रमा कुशल नेतृत्वबाट दिएको अहम भूमिकालाई उच्च सम्मान गर्दै ‘बैंकिङ सिइओ अफ द इयर–नेपाल २०२१’ बाट सम्मान गरेको छ।
यसकारण पनि हामी याे भन्न सक्छाैं की एउटा जाेशिलाे र गतिशिल जाँगर भएकाे युवा भयाे भने कुनै पनि संस्था मात्र हाेइन देशले नै छाेटाे समयमा काेल्टे फेर्न सक्छ। एनआईसी एशिया बैंकको सफलता पनि यसकै परिणाम हाे ।