
बैंकिङ खबर/ चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथाविपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ । एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. कुरिनटार शाखाले चेपाङ्ग समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।
केही दिनयता लगातार चिसो बढ्दा तथा शीतलहर चल्दा गरिब तथा अतिविपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत संस्थाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको हो ।
देशव्यापि रुपमा समुदाय स्तरमै गरिब तथा विपन्न परिवारको तथ्याङ्क संकलन गरेर चरणवद्ध रुपमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्य सहित काम भइरहेको संस्थाले जानकारी दिएको छ ।
‘साथि सँगै, सबल’ बन्दै भन्ने मूल नाराका साथ छोटो समयमै लघुवित्त संस्थाहरुमध्ये अब्बल सेवा दिइरहेको एनआई सी एशिया लघुवित्तले समाजमा विभिन्न स्तरमा वित्तीय साक्षरता, सरफाई कार्यक्रम लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।


