Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फरवार्ड लघुवित्तको नाफा ४५ करोड ८० लाख भन्दा बढी

२०७८ माघ १७ गते

बैंकिङ खबर/ फरवार्ड लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.४५ करोड ८० लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १०३ प्रतिशत वृद्धि भएको हो । चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमबार सार्वजनिक गर्दै कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू.२२ करोड ५० लाख नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ,सञ्चालन नाफा र रू.१ करोड १६ लाख खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढेको हो । कम्पनीको चुक्ता पूँजी रू. ६२ करोड ५५ लाख रहेको छ भने जगेडामा रू। १ अर्ब ७१ करोड सञ्चित गरेको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू। १० अर्ब ३८ करोड सापटि लिएर,रू. ७ अर्ब ३३ करोड निक्षेप संकलन गरेर रू। १९ अर्ब ६२ करोड कर्जा लगानी गरेको हो । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ९६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर २ दशमलव ११ मा झरेको हो ।

त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१४६ दशमलव ४७ वार्षिक, मूल्य आम्दानी अनुपात १४ दशमलव ९२ गुणा ,तरलता अनुपात ५ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.३७४ दशमलव ८२ रहेको छ ।