Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

२०७८ माघ १० गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८० ‘ङ’ बिक्री गर्ने भएको छ । २ वर्षे म्याद रहने उक्त ऋणपत्र यही माघ ११ गते सम्ममा बोलकबोलमार्फत बिक्री हुने भएको हो।

राष्ट्र बैंकले यस ऋणपत्रको नाम ‘विकास ऋणपत्र २०८० ङ’ राखेको छ। बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिहरु यस ऋणपत्र किन्न योग्य हुनेछन्। यसको ब्याज प्रतिस्पर्धाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितोको रुपमा प्रयोग गर्न योग्य हुनेछ।

खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

यसको ब्याजदर बोलकबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कामय भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने छ ।

यसमा घटीमा ५० हजार र बढीमा कुल ष्किाशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नुपर्ने छ ।

 

 

Ad