
बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ वाणिज्य बैंकको निक्षेप खस्किएको छ । गत आर्थिक वर्षको असार महिनाको तुलनामा पुसमा ११ बैंकको निक्षेप घटेको हो ।
कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप खस्किएको छ । पुस महिनासम्म सबैभन्दा बढी एनआईसी एसिया बैंकले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस्तै, ग्लोबल आईएमई बैंक र हिमालयन बैंक कर्जा लगानी बढाएका छन् । ६ महिनाको तुलनामाा ग्लोबल आईएमई बैंकले २८ अर्ब रुपैयाँले कर्जा लगानी गरेको छ भने हिमालयन बैंकले २६ अर्ब २८ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ ।
यस्तै ६ महिनाको अवधिमा बैंकहरुले कुल ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् भने कुल ४३ खर्ब २४ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।