Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

२०७८ पुष २८ गते

 

बैंकिङ खबर।

बीमा समितिबाट २०७७/०८/१५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा पुस २५ देखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ।

उक्त तालिममा देशभरबाट उत्साहजनक सहभागिता रहेको थियो। यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख्यरुपमा वृद्धि भई ग्राहकहरुले सहजरुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ।