
बैंकिङ खबर/ सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
साथै उक्त कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भुमिकाको सम्बन्धमा विस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवाप्रदानगर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्र्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।


