
बैंकिङ खबर/ काठमाडौं–प्रिमियर इन्स्योरेन्सकम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका उप–प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस)अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ)सँग जोडिने पहिलो नन–लाईफ इन्स्योरेन्स कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचआइि आइपीएस र कनेक्ट आइपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ ।
यी सबैकारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
यसरी एनपीआइमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलोहुने छ । एनपीआइसँग गरिने उक्तइन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १८ भन्दा बढी नन–लाईफइन्स्योरेन्सलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन–लाईफ इन्स्योरेन्स कम्पनीकाबीमितहरुले आफ्नोबीमा प्रिमियम शूल्कअनलाइनमार्फत कनेक्ट आइपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरुयस अघि नै एनपीआइमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्नभुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरीएको एनपीआइ सञ्चालनमा रहेको छजसमाहाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्यपिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्थित व्यवसायिक समूहहरु तथा उद्योगपतिद्वारा स्थापनागरिएको आइएसओ सर्टिफाइड नन–लाईफ इन्स्योरेन्स कम्पनी हो । सदैव आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको प्रिमियर इन्स्योरेन्सले नयाँ र पृथक प्रोडक्टहरुद्वारा गुणास्तरीय सेवा प्रदान गर्दै आएको छ साथै एनसीएचएल सँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दतपुग्ने अपेक्षा गरेको छ ।



