Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समता घरेलु लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा

२०७८ पुष ५ गते

बैंकिङ खबर/ समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो।

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणतर्फको हुनेगरी सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पेस छ। अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल हुने लगायतका एजेण्डा छन्। त्यस्तै, संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेपलाञ्चोकमा स्थान्तरण गर्ने प्रस्ताव पनि छ ।

कम्पनीले सभा प्रयोजनार्थ २४ मंसिरदेखि ७ पुससम्म बुक क्लोज गरेको छ। यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश पाउनेछन्। समता र घरेलु लघुवित्त मर्जर भएर २ वैशाखदेखि एकीकृत कारोबार भएका कारण घोषित लाभांश रकममा कर छुट हुने कम्पनीले जनाएको छ।