
बैंकिङ खबर।
प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्यक्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको हो।
कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपन्छी विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए।
कम्पनीको कार्यक्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ र स्याङ्गजामध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङमा कार्तिक महिनामै तालिम सम्पन्न गरिसकेको थियो ।
कम्पनीले मंसिर २२ गतेदेखि २४ गतेसम्म स्याङ्गजामा सञ्चालित तालिम समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बीमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमका कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने बताए। उनले कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जना भन्दा बढी क्षति मूल्याङ्कनकर्ता तयार भएकाले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मूल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने बताए।



