
बैंकिङ खबर।
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ६, ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लि. ले शुक्रबार एक कार्यक्रम गरि सिरहाको औरही गाउँ पालिका वडा नं. ४, गणेशपुरमा नयाँ शाखा विस्तार गरेको छ । यो मिथिला लघुवित्तको ४४ औं शाखा कार्यालय हो ।
वित्तीय संस्थाका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षतामा आयोजित शाखा समुद्घाटन कार्यक्रमको उद्घाटन प्रदेश नं. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले रातो रिवन काटेर गरेका थिए ।
विशिष्ठ अतिथिको रुपमा औरही गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी यादव रहेको उक्त कार्यक्रममा औरही गा.पा. वडा नं. ४ का वडाध्यक्ष, वित्तीय संस्थाका संचालकहरु किशोरी साह, दुर्गाप्रसाद सिंह, मनोजकुमार साह, प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत, विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायत अतिथिहरुका साथै वित्तीय संस्थाका विभिन्न शाखाका प्रमुखहरु, ग्राहक सदस्य तथा गणेशपुर आसपासका करिब ३०० जना स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
वित्तीय संस्थाको विभागिय प्रमुख रेशमप्रसाद वाँस्तोलाले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाको परिचयका साथै प्रवाह हुने सेवा सुवाधाको बारेमा प्रकाश पार्दै प्रदेश नं. २ का सबै जिल्लामा ४४ शाखा मार्फत ३१००० विपन्न ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत प्रदेश २ का सबै स्थानिय तहमा कार्यक्रम सञ्चालन गरि समुदायमा आर्थिक मात्र नभएर सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत परिवर्तन गर्न प्रयास गरिने बताए।
यस्तै कार्यक्रमका प्रमुख अतिथि कृषिमन्त्री विजयकुमार यादवले नेपालमा गरिवी न्युनिकरणको लागि लघुवित्त क्षेत्रको उल्लेखनिय योगदान रहेकोमा ग्रामिण क्षेत्रका विपन्न समुदायलाई सरल कर्जा प्रवाह गरि आयस्तर वृद्धि गर्ने उद्धेश्यका साथ औरही गाउँपालिकाको गणेशपुरमा शाखा स्थापना गरेकोमा मिथिला लघुवित्त वित्तीय संस्थालाई उत्तरोत्तर प्रगतीको कामनासहित हार्दिक धन्यवाद ज्ञापन गरे ।




