Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन रिइन्स्योरेन्सको नाफा ४.७६ करोड

२०७८ मंसिर २५ गते

बैंकिङ खबर।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमाससम्ममा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा २०७८ असोजसम्ममा ८ करोड ८० लाख बीमा शुल्क आर्जन गरेको र एक करोड ७१ लाख खुद दावी भुक्तानी गरेको उल्लेख गरेको छ।

कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकोमा ३५ लाख ८१ हजार व्यवस्थापनमा ७५ लाख ६८ हजार कर्मचारी बोनसमा २ करोड ४३ लाख सरकारी करका लागि छुट्याएको छ।

हिमालयन रि देशको दोस्रो पूनर्बीमा कम्पनी हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको तीन अर्बको सेयर जारी गर्न बाँकी छ।