राष्ट्र बैँकले लघुवित्तको व्याजदर नतोक्ने

लघुवित्त बैँकहरुलाई व्याजदरमा कडाई गर्न नसकिने नेपाल राष्ट्र बैँकले जनाएको छ । केही दिनअघि सरकारले लघुवित्त बैंकको ब्याजदरमा १८ प्रतिशत सीमा तोक्न सिफारिस गरेको निर्णय सार्वजनिक गरेको थियो । निर्णय सार्वजनिक भएको दुई दिनपछि नेपाल राष्ट्र बैंकले लघुवित्त बैंकको ब्याजदरमा अधिकतम सीमा नतोकिने जनाएको हो ।  केही वर्षयता राष्ट्र बैंकले उदार आर्थिक नीतिको सिद्धान्तअनुसार कार्यक्रम […]


७ दिनमा ५ अर्ब उठाउँदै राष्ट्र बैंक

मूल्यस्थिरता कायम गर्नका लागि राष्ट्र बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्न लागेको छ । बैशाख २३ गते राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने सूचना प्रकाशन गरेको छ । लगानी गर्नु पर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिचेर मूल्यस्थिरता कायम गर्न राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै आएको छ । […]


राष्ट्र बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्ने 

मूल्यस्थिरता कायम गर्नका लागि राष्ट्र बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्न लागेको छ । बैशाख २२ गते बैंकले रिभर्स रिपो गर्ने सूचना प्रकाशित गरेको हो । लगानी गर्नु पर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिंचेर मूल्यस्थिरता कायम गर्न राष्ट्र बैंकले यस्तो गर्ने गर्दछ । बुधबारदेखि रिभर्स रिपो जारी गरेको […]


आईएमएफको सहयोगको सराहना गर्दै राष्ट्र बैँक 

नेपाल राष्ट्र बैंकले नेपाललाई एन्टी मनि लाउन्डरिङ (एएमएल) काउन्टर फाइनान्सिङ अफ टेरोरिजम् (सिएफटी) कार्यक्रम कार्यान्वयनमा शसक्त राष्ट्र बनाउन सहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रति आभार प्रकट गरेको छ । एएमएल/सिएफटी कार्यक्रममा नेपाल–आईएमएफ सहकार्य पूरा भएको ६ वर्ष पूगेको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र […]


जोखीम व्यवस्थापनमा सघाउन गभर्नरको आग्रह 

गभर्नर डा. चिरंजीबि नेपालले प्रविधिको प्रयोगले सहजतासँगै जोखीम समेत ल्याएको बताएका छन् । जोखीम व्यवस्थापनका लागि राष्ट्र बैंकले मात्र नभएर स्यवं संंस्थाले पनि पहल गर्नुपर्ने उनको भनाई थियो । नेपाल बैंकिङ इन्स्टीच्युट (एनबीआई) ले बुधबार आयोजना गरेको जोखीम व्यवस्थापनसम्बन्धी कार्यशालामा बोल्दै गभर्नर डा. नेपालले जोखीम न्युनिकरणका लागि राष्ट्र बैंकको मात्र मुख नताक्न बैंक तथा वित्तीय […]


मूल्यवृद्धिदर १० प्रतिशतमा : गभर्नर डा. नेपाल

गभर्नर डाक्टर चिरञ्जिबी नेपालले गत वर्ष भएको भारतीय नाकबन्दीबाट नेपालीले पाठ सिक्नुपर्ने बताएका छन् । उनले भने, ‘विगतमा भएको नाकाबन्दीबाट हामीले पाठ सिक्नुपर्छ, अब आयात कम गरि आत्मनिर्भर हुन जागरुक हुनुपर्छ ।’ ग्लोबल आईएमई बैंकको दमौली शाखाको आइतबार उद्घाटन गर्दैै उनले नेपाल आयातमा अधिक निर्भर रहँदा अर्थतन्त्र नै आयातमुखी बनेको बताए । भारतीय नाकाबन्दीले गर्दा […]


‘मुद्रास्फिति बढे सामना गर्न राष्ट्र बैंक तयार’ 

नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर किमीआओ फ्यानले विश्व बैंक र नेपालबीच सम्बन्ध सुदृढ रहेको भन्दै सो सम्बन्धलाई कायम गराउने प्रतिबद्दता व्यक्त गरेका छन् । यही बैशाख १६ गते चार सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका फ्यानले गभर्नर डाक्टर चिरञ्जिबी नेपालसंगको यस्तो बताएका हुन् । भेटवार्ताको क्रममा गभर्नर डा. नेपाल र फ्यानबीच नेपालको वर्तमान आर्थिक […]


राष्ट्र बैंकमा १ खर्ब ७१ अर्ब नगद मौज्दात 

चिरंजीबि नेपाल भरखरै विदा भएको वर्ष वि.सं. २०७२ नेपाल र नेपालीका लागि ऐतिहासिक रुपमा नै असाधारण रह्यो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नु पर्यो । प्राकृतिक प्रकोप, राजनीतिक संक्रमण र आपूर्ति व्यवधानका कारण आर्थिक तथा वित्तीय क्षेत्रको व्यवस्थापन निकै जटिल बन्न पुग्यो । तथापि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले […]


राष्ट्र बैंकका कर्मचारीको असन्तुष्टि यसरी पोखियो मञ्चमा

‘हामीले कर्मचारीले उठाएका धेरै विषयहरुबारे छलफल गरिसकेका छौँ, जसमध्ये धेरैमा हामीले उचित निर्णय पनि लिईसकेका छौँ । त्यसैले यहाँ (मञ्च) मा आएर ती विषयमा कुरा उठाइरहन जरुरी नहुने कुरा म जानकारी गराउन चाहान्छु ।’ नेपाल राष्ट्र बैंकको ६१ औँ बार्षिकोत्सवमा स्वागत मन्तव्य दिने क्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विभिन्न मागसहित आन्तरिक रुपमा संघर्ष गरिरहेका कर्मचारीहरुप्रति लक्षित गर्दै […]


‘अब आर्थिक अवस्थामा सुधार आउँछ’

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको बाँकी अवधिमा मुलुकको समग्र स्थितीमा सुधार आउने बताएका छन् । नेपाल राष्ट्र बैंकको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गर्भनर डा. नेपालले २०७२ सालको सुरुमै नेपालले भोगेको भुकम्प, नाकाबन्दी, आन्दोलन तथा विभिन्न असहजताको कारण साँघुरीएको नेपालको अर्थतन्त्र परिस्थिती सहज बनेसँगै चलायमान बनेकोले समग्र स्थितीमा सुधार आउनेतर्फ […]