Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीमा तरलता सहज हुँदै

२०७९ माघ ५ गते

बैंकिङ खबर/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)मा बचत बढेको छ । मंसिर महिनाको तुलनामा पुसमा बचत बढेको हो ।

बचत बढेसँगै तरलता रकम पनि बढेको छ । मंसिर महिनामा १६ अर्ब १४ करोड रुपैयाँ बचत रहेको नेफ्स्कूनमा पुस मसान्तमा आइपुग्दा १७ अर्ब रुपैयाँ पुगेको छ ।

प्रारम्भिक सहकारीमा बचत बढ्दा नेफ्स्कूनमा पनि बचत बढ्ने गर्दछ । मंसिर मसान्तमा २२.२० प्रतिशत तरलता अनुपात रहेको पुस मसान्तमा आइपुग्दा २४.२२ प्रतिशत पुगेको छ । नेफ्स्कूनसँग ४ अर्ब रुपैयाँ तरलता रकम रहेको देखिएको छ ।
संघले ऋण प्रवाह पनि बढाएको छ ।

मंसिरसम्ममा १५ अर्ब २५ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा पुस मसान्तमा १५ अर्ब ४७ करोड ७७ लाख पुगेको छ ।