नाडा अटो शोमा केइले तीनवटा मोडेल सार्वजनिक गर्दै
बैंकिङ खबर/नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा तीनवटा मोडेलका नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । त्यसका लागि कम्पनीले अहिलेदेखि नै ती तीन मोडेलका गाडीको नाम बताई बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ । क्याम्पेनअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त […]
‘उद्यमीलाई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्छ’
बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने बताएका छन् । ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय […]
राजस्वको ठूलो हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यता छः अर्थमन्त्री
बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले अरु विकासोन्मुख र अल्पविकसित मुलुकमा जस्तै नेपालमा पनि राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनु पर्ने वाध्यता रहेको बताएका छन् । यसकारण सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी संकुचित हुने अवस्था आएको पनि उनले बताए । संयुक्त राष्ट्र संघमा हुने ‘समिट फर फ्युचर कार्यक्रम’का लागि नेपालको साझा धारणा तयार पार्न […]
साढे १६ प्रतिशतले बढ्यो रेमिट्यान्स
बैंकिङ खबर/ आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष […]
टान निर्वाचन : व्यवसायिक समूहद्वारा सागर पाण्डेको नेतृत्वमा उम्मेदवारी घोषणा
बैंकिङ खबर/ ट्रेकिङ व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यहि भदौ १७ गते हुन लागेको टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, […]
अर्थका १५ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
बैंकिङ खबर/ अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई आएका सहसचिवहरुलाई जिम्मेवारी प्रदान गरेको छ। अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो। यसअनुसार हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ। पुडासैनी बाहिरबाट आएका हुन् भने आचार्य अर्थकै प्रशासन महाशाखा प्रमुख रहेका थिए। […]
साउन महिनामा ९४ अर्ब राजस्व संकलन
बैंकिङ खबर/ चालू आर्थिक वर्ष ०८१/ ८२ को पहिलो महिनामा ९४ अर्ब बढी राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा सरकारले ९४ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्बको ६.६८ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले ७७ अर्ब ४१ करोड कर राजस्व र १७ […]
विश्व बैंकको १५० मिलियन डलर ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने
बैंकिङ खबर/ सरकारले विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिन वार्ता टोली गठन गर्ने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर अर्थात् १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारले जनाएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले […]
अर्थ मन्त्रालयले बनायो एक सय दिने कार्ययोजना
बैंकिङ खबर/ अर्थ मन्त्रालयले एक सय दिनमा गर्ने कामको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, […]
हुन्डाईको ‘टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन, आकर्षक उपहार जित्न सकिने
बैंकिङ खबर/ हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन ल्याएको छ। यसअनुसार ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने […]