अस्पताल स्रोत भन्छ – भेन्टिलेटर पाएको भए बैंकर निरज श्रेष्ठ बाँच्ने थिए !

बैंकिङ खबर । सायद भेन्टिलेटर पाएको भए बैंकर निरज श्रेष्ठ बाँच्ने आधार थियो । तर उनको निधनको कारण बन्यो एउटा भेन्टिलेटर । कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ एवं बैंकर निरज श्रेष्ठको निधन भएको छ । लामो समय बैंकिङ क्षेत्रमा समय विताएका श्रेष्ठ माछापुछ्रे बैंकका पुर्व सिइओ थिए । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका […]


बदनामी ‘एनआईसी एशिया’ बैंकको आतंकले राष्ट्र बैंकमाथि उठाएका प्रश्नहरु !!

बैंकिङ खबर – समाचार विश्लेषण / एउटा वदनामी बैंक एनआईसी एशिया । जसको विषय उठ्न बाँकी ठाउँ छैन । ससाना गल्तीका कारण विगतमा धेरै बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय बैंक अर्थात नेपाल राष्ट्र बैंकले कार्बाही गरेका धेरै उदाहरणहरु छन् । नियमनकारी निकाय भएका कारण बैंकवित्तले गरेका गल्तीहरुलाई औल्याउने र कार्बाही गर्ने जिम्मेवारी राष्ट्र बैंकसँग छ । […]


निषेधाज्ञामा पनि बैंकिङ सेवा सुचारु रहने

बैंकिङ खबर/  कोभिड १९ महामारीको दोस्रो लहरले राजधानीसहित विभिन्न जिल्लालाई चपेटामा लिएसँगै काठमाडौं उपत्यकामा प्रशासनले बिहीबार (१६ वैशाख) बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ  । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको बैठकले लकडाउन नगरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । हालका लागि निषेधाज्ञा २२ […]


बैंकिङ दृष्टिले नियाल्दा वर्ष २०७७

२०७७ लाई बिदाइ गर्दै आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । अन्य वर्षहरूजस्तै २०७७ मा बैंकिङ क्षेत्रमा केही उल्लास र उपलब्धि भए भने केही चुनौती पनि थपिए । २०७७ सालमा कोरोना संक्रमणले बैंकिङ क्षेत्र पनि अछुतो रहन सकेन । यी चुनौतीका बाबजुद पनि बैंकिङ तथा वित्तीय क्षेत्र अगाडि बढिरह्यो । बैंकिङ तथा वित्तीय क्षेत्रका […]


सबै ‘क्युआर कोड’लाई एकै ठाउँमा आबद्ध गर्नुपर्छ : दीपेश मास्के, सिइओ, एससिटी

दीपेश मास्के निमित्त प्रमुख कार्यकारी अधिकृत, एससिटी स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेड नेपालको एक मात्र स्वदेशी डेभिड तथा प्रिपेड कार्ड उत्पादक कम्पनी हो । सन् २००३ मा एससिटी कार्ड सुरु गरेको यो संस्थाले हाल अत्याधुनिक कार्डसहित डिजिटल भुक्तानीका अन्य माध्यमहरूमार्फत गुणस्तरीय सेवा दिँदै आएको छ । डिजिटलाइजेसनको क्षेत्रमा १८ वर्षदेखि निरन्तर काम गरिरहेको यो संस्था […]


नेपालमा वित्तीय सुधार कार्यक्रमका दुई चरण : के तेस्रो चरण आवश्यक छ ?

सोमनाथ खनाल वि.सं. १९९४ मा नेपाल बैंकको स्थापनापश्चात् नेपालमा औपचारिक रूपमा आधुनिक बैंकिङ प्रणालीको सुरुवात भएको हो । प्रारम्भका करिब पाँच दशक राज्यनियन्त्रित दुई वाणिज्य बैंक र एक विकास बैंक मात्र थिए । वि.सं. २०४१/४२ देखि अवलम्बन गरिएको आर्थिक उदारीकरणको नीतिमार्फत बैंकिङ प्रणालीमा निजी क्षेत्रकोे प्रवेशले नेपालमा बैंक तथा वित्तीय क्षेत्रको संख्यात्मक तथा गुणात्मक पक्षमा […]


बिग मर्जरको इतिहास तोड्ने रस्साकस्सीमा घरानियाँ बैंकहरु

बैंकिङ खबर । यतिवेला ‘बिग मर्जर’को इतिहास तोडिने सँघारमा छ । नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर प्रक्रियामार्फत ग्लोबललाई उछिन्न निकै अघि बढिसकेका छन् । सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) का लागि दुवै बैंकले बनाएका कमिटीले रिपोर्ट बुझाइसकेका छन् । इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिले डिडिए रिपोर्ट पारित गरिसकेको छ भने हिमालयन पारित गर्ने क्रममा […]


सानो तर आफ्नै : लघुवित्त कर्जाबाटै निर्धक्क कमाई ! (गगन मायाको कथा)

बैंकिङ खबर । रत्ननगर नगरपालिका १ पसौनी गाउँकी ३९ वर्षिया गगन माया गुरुङ्ग एक सफल कृषक हुन् । उनले १६ कठ्ठा जग्गा भाडामा लिई ३२ वटा टनेलमा च्याउ खेती गरेकी छिन् । व्यवसायमा ५ जना महिला र १० जना पुरुष गरी १६ जना कामदारहरुलाई रोजगारी समेत दिएकी छिन् । वि.सं. २०३६ बैशाख १७ गते गोरखा […]


गभर्नर अधिकारीको नौ महिना : कोरोना जितेको बैंकिङ क्षेत्र, डिजिटल कारोबार सडकसम्म

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भए । गभर्नर अधिकारीको जन्म विसं. २०२० सालमा खोटाङको सिमपानीमा भएको हो । औपचारिक शिक्षा खोटाङमै सकेर उच्च शिक्षाका लागि उनी काठमाडौं छिरे । वि.सं. २०४२ सालमा अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन […]


बैंकिङ कसुरबाट बच्न बैंक/वित्तमा कार्यरत कर्मचारीले अपनाउनुपर्ने सावधानीहरु !

बैंकिङ बखर । बैंकिङ कसुरमा दिनप्रतिदिन विभिन्न व्यक्तिहरु जेल चलान भएका छन् । नेपालको इतिहासमा बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि शाखा प्रबन्धकसम्मले बैंकिङ कसुरको सजाय भोगिरहेका छन् । बैंकमै कार्यरत कर्मचारीहरुमध्ये करिव २ दर्जन व्यक्तिहरु अहिले पनि जेलमा छन् । त्यसैगरी एकदर्जन बढी फरार अबस्थामा छन् । बाउन्स चेक दिने त कैयौं जेलमा छन् । फरारको […]