बैंकिङ खबर । सायद भेन्टिलेटर पाएको भए बैंकर निरज श्रेष्ठ बाँच्ने आधार थियो । तर उनको निधनको कारण बन्यो एउटा भेन्टिलेटर । कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ एवं बैंकर निरज श्रेष्ठको निधन भएको छ । लामो समय बैंकिङ क्षेत्रमा समय विताएका श्रेष्ठ माछापुछ्रे बैंकका पुर्व सिइओ थिए । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका उनी त्यसअघि ग्लोवल बैंकमा कार्यरत थिए । श्रेष्ठको बुधबार विहान निधन भएको हो । यसअघि कोरोनाकै कारण उनको बुबाको निधन भएको थियो । वीरेन्द्र अस्पताल महाराजगञ्जमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो। कोरोनाबाहेक श्रेष्ठलाई अन्य कुनै जटिल रोग नभएको बताइएको छ ।पारिवारीक श्रोतका अनुसार ‘उहाँलाई एक हप्तादेखि हस्पिटलमा राखिएको थियो, श्रेष्ठलाई मंगलबार भेन्टिलेटरको जरुरत परेको थियो। तत्कालै भेन्टिलेटर पाउन नसक्दा स्वास्थ्यमा समस्या बढेको बताइएको छ । केही दिन भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने बताए पनि हस्पीटलले भेन्टीलेटर उपलव्ध गराउन सकेन । भेन्टिलेटर खाली भएको हस्पिटल खोज्दा खोज्दै बुधबार विहान करिव ११ बजे उनको निधन भएको जानकारी अस्पतालले गरायो । यसअघि मंगलबार मात्रै श्रेष्ठका बुवाको कोरोनाका कारण निधन भएको थियो। श्रेष्ठको श्रीमती र छोरी कोभिड संक्रमित पछि निको भएका हुन् ।


