आधा दर्जन चप्पल उद्योग संकटमा, भारतीयलाई उछिन्न सकेन

शीतल प्रसाद महतो । भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा वीरगञ्जका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । यसका साथै सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल भित्रिने क्रममा समेत वृद्धि भएपछि स्वदेशी चप्पल उद्योग थप […]


औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही

उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३।७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको […]


मूल्यवृद्धिदर ४.१ प्रतिशतमा झर्यो, प्रक्षेपित सीमाभन्दा न्यून रहने राष्ट्र बैंकको अनुमान

बैंकिङ खबर । मुद्रास्फीतिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण २०७५ वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा पुगेको छ । २०७४ फागुनमा यस्तो मुद्रास्फीति ६ प्रतिशतसम्म पुगेको थियो भने गत वैशाखमा ३.४ प्रतिशत मात्रै रहेको थियो । समग्रमा हेर्दा, आर्थिक वर्ष २०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित […]


कार्यतालिका बनाएर बजेट कार्यान्वयन गरिने

अर्थमन्त्री डा.युवराज खतिवडाले कार्यतालिका बनाएर बजेट कार्यान्वयन गरिने बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा विहीबार आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।  अर्थमन्त्रीले आव २०७५।७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिस गरेको स्पष्ट पार्नुभयो । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर […]


सरकारको निष्कृय रकम पुँजी निर्माणमा खर्च गरिने

बैंकिङ खबर । विभिन्न सरकारी कोषहरुमा निष्कृय रहेको रकमलाई पुँजी निर्माणमा खर्च गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यो कुरा उल्लेख गरिएको छ । बजेटमा गरिबी निवारण कोष, ग्रामीण स्वाबलम्बन कोष र युवा कोषहरुबाट संचालित अनुदान र ऋणका कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गर्ने बताइएको छ । त्यस्तै, हुलाक बचत बैंकलाई खारेज गरी उक्त […]


कृषिप्रधान मुलुकको तीतो यथार्थ : अन्न आयातमा बर्षेनि बाहिरिन्छ ३९ अर्ब 

कृषिप्रधान मुलुक नेपालको खाद्यान्न उत्पादनमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ । अन्नबाली तथा तरकारीजन्य वस्तुको खरीदमा नेपालको वर्षेनी अर्बाैँ रुपैयाँ विदेशमा जाने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादन हुने मुख्य अन्नबालीको आयातका लागि वर्षेनी ३९.०८ अर्ब खर्च हुने गरेको जानकारी दिइएको छ ।  त्यस्तै नेपालले भारतबाट […]


‘बजेटको आकार बढ्दा श्रोत व्यवस्थापन चुनौतीपूर्ण’ : राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ मा बजेटको आकार बढ्ने भएकाले स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुने बताएको छ । सोमबार राजधानीमा आगामी बजेटका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा राष्ट्र बैंकले यस्तो बताएको हो । कार्यक्रममा सुझावका लागि प्रस्तुतिकरण राख्दै राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी बजेट १५ खर्बको हुने […]


कसकसलाई ल्याए अर्थमन्त्रीले वित्त परिषदमा ?

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तपरिषद्को सदस्यहरूको मनोनयन गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुमित्रा अमात्य, पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी र सहप्राध्यापक डा. शिवराज अधिकार वित्त परिषद्को सदस्यामा मनोनित भएका हुन् ।  तीन जना थप सदस्य मनोनित भएसँगै वित्त परिषद्ले पूर्णता पाएको छ । परिषद्मा सातै प्रदेशका अर्थमन्त्री, प्रदेशले मनोनीत […]


सम्पदा पुनःनिर्माणबाट पछि हट्यो जर्मन विकास बैंक, कहाँ मिलेन कुरा ?

जर्मन विकास बैंक (केएफडब्लू) सम्पदा पुनःनिर्माण कार्यबाट पछि हटेको छ । विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत […]


कैलालीमा विकास बजेट खर्च निराशाजनक, नौ महिनामा ६१ प्रतिशत मात्र खर्च

राम खत्री/बैंकिङ खबर । विकासका दृष्ट्रिकोणले निकै पछि परेको सात नम्बर प्रदेशमा विनियोजित बजेटको ठुलो अंश खर्च हँदैन । चालु आर्थिक वर्ष २०७४/०७५ को चैत मसान्तसम्म कैलालीमा हालसम्म ६१ प्रतिशत बजेट मात्रै खर्च भएको छ  । कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार कैलालीको जम्मा बजेट  १९ अर्ब ४६ करोड आठ लाख हो । जसमध्ये […]