Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘बजेटको आकार बढ्दा श्रोत व्यवस्थापन चुनौतीपूर्ण’ : राष्ट्र बैंक

२०७५ बैशाख २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ मा बजेटको आकार बढ्ने भएकाले स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुने बताएको छ । सोमबार राजधानीमा आगामी बजेटका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा राष्ट्र बैंकले यस्तो बताएको हो ।

कार्यक्रममा सुझावका लागि प्रस्तुतिकरण राख्दै राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी बजेट १५ खर्बको हुने बताए । १२ खर्बको बजेट संघीय सरकारले र प्रदेश तथा स्थानीय सरकारले ३ खर्बको बजेट व्यवस्थापन गर्नुपर्ने कार्यकारी निर्देशक थापाले बताए । 

श्रोत व्यवस्थापनका साथै यसपटक मुलुकको व्यापार घाटा कम गर्ने, पर्यटन क्षेत्रको विकास, साना तथा मझौला उद्यमको विकास, रोजगारीका सिर्जना, कृषि क्षेत्र लगायतका चुनौती रहेको राष्ट्र बैंकले जनाएको छ ।