Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
नेपाल राष्ट्र बैंक

सरकारको निष्कृय रकम पुँजी निर्माणमा खर्च गरिने

२०७५ जेष्ठ १६ गते

बैंकिङ खबर । विभिन्न सरकारी कोषहरुमा निष्कृय रहेको रकमलाई पुँजी निर्माणमा खर्च गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यो कुरा उल्लेख गरिएको छ । बजेटमा गरिबी निवारण कोष, ग्रामीण स्वाबलम्बन कोष र युवा कोषहरुबाट संचालित अनुदान र ऋणका कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गर्ने बताइएको छ । त्यस्तै, हुलाक बचत बैंकलाई खारेज गरी उक्त बैंकमा रहेको संचित रकमलाई वाणिज्य बैंकहरुमा खातासहित हस्तान्तरण गर्ने व्यवस्था मिलाइने भएको छ । नागरिक लगानी कोष, कर्मचारी संचय कोष र कर्जा तथा निक्षेप सुरक्षण कोष लगायतका कोषहरुको प्रभावकारी नियमनका लागि नियामक निकायको व्यवस्था गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।