माछापूछ्रे बैंकको सीईओमा निरज कुमार श्रेष्ठ

माछापूछ्रे बैंकको सीईओमा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनले गत शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेका हुन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । यसअघि माछापूछ्रे बैंकको सीईओको कार्यभार तुलसीराम गौतमले सम्हाल्दै आएका थिए । गौतमको कार्यकाल सकिएपछि समितिले […]


प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा ‘अशोककुमार अग्रवाल’

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १५९औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।  यसअघि कम्पनीको अध्यक्षमा वीरेन्द्रकुमार संघाई थिए ।   


ग्रामीण विकास बैंकको सीईओमा ‘पर्वतकुमार कार्की’

ग्रामीण विकास बैंकले नेपाल राष्ट्र बैंकका क्याडर पर्वतकुमार कार्कीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पाँच वटा ग्रामिण विकास बैंक मर्ज भएर बनेको बैंकले पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । बैंकले उनलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो ।    कार्की नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास भएका थिए […]


मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः प्रवीणरमन पराजुली

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः प्रवीणरमण पराजुली निर्वाचित भएका छन् । संघको सातौं वार्षिक साधारण सभाले पराजुलीको अध्यक्षतामा आगामी दुई वर्षको कार्यकालका लागि साधारण सभाभन्दा अघि कायम कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई सोही जिम्मेवारी अनुरुप नै पुनः एक कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । पराजुली नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।  यसैगरी […]


एनसिसि बैंकको सीईओमा रमेशराज अर्याल

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सीइओमा रमेशराज अर्याल नियुक्त भएका छन् । २०७२ पुस १४ गतेदेखि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत अर्याललाई बैंकको व्यवस्थापन समितिले असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई सिइओमा नियुक्त गरेको हो । नेपाल ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट २६ वर्ष अगाडिदेखि बैकिङ्ग पेशा अँगालेका अर्याल विगत २० […]


कसमस डेभलपमेन्ट बैंकका सीईओको कार्यकाल थपियो

कसमस डेभलपमेन्ट बैंकका सीईओ हृदय राज घिमिरेको कार्यकाल थप गरिएको छ । बैंकको सञ्चालिक समितिको बैठकले उनको कार्यकाल चार वर्षका लागि थप गरेको हो । उक्तm निर्णय आइतबारदेखि लागू भएको छ ।  गत आर्थिक वर्षमा डेढ करोड रुपैयाँभन्दा बढी नाफा गरेको कसमसले पाँच लाख तीन हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेर चुक्तापुँजी १० करोड […]


राष्ट्र बैंकका मीनबहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनवहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक श्रेष्ठलाई बिहिबारको मन्त्री परिषद् वैठकले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक, त्यसपछि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेको श्रेष्ठ पछिल्लो समय राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका […]


ज्योति विकास बैंकको अध्यक्षमा कोइराला

हालै झिमरुक विकास बैंकलाई आफुसंग गाभेको ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । बैंकको बोर्ड बैठकले कोइरालालाई बैंकका अध्यक्षका रुपमा चयन गरेको हो । सो बैठकले बैंकको निर्देशकहरु पनि नियुक्त गरेको छ । नियुक्त हुने निर्देशकहरुमा हरि प्रसाद आचार्य, हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ, नारायण पौडेल, जगदिश्वर प्रसाद अधिकारी र पंकज न्यैपाने रहेका […]


भारतीय केन्द्रीय बैंकको नयाँ गभर्नरमा उर्जित पटेल 

भारतीय केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया (आरबीआई)’को नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले पटेललाई नयाँ गभर्नरका रुपमा नियुक्त गरेको हो । ‘रकस्टार गभर्नर’ रघुराम राजनलाई विस्थापित गर्दै आगामी सेप्टेम्बर ४ पछि पटेलले २४ आँै गभर्नरका रुपमा आरबीआईको नेतृत्व समाल्नेछन् । भारतीय क्याबिनेट सेक्रेटरीको अध्यक्षतामा रहने ‘फाइनान्सियल सेक्टर रेगुलेटरी […]


एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ

बैंक आफ काठमाण्डू लुम्बिनीका सिईओ अजय श्रेष्ठ नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्ष पदमा नियुक्त भएका छन् । एनबीआई कम्पनीको सञ्चालक समितिको बैंठकले लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालकको पदका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ […]