Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

जनता बैंकको सिईओमा परशुराम कुँवर नियुक्त

२०७४ जेष्ठ २६ गते

जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बिहीबार चार वर्षका लागि कुँवरलाई नियुक्त गरेको हो । तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि तीन बर्षदेखि बैंकिङ बाहिर रहका कुँवर जनता बैंकमा चौथो सिईओ हुन् । स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करिअर सुरु गरेका क्षेत्रीले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा समेत काम गरेका थिए। त्यसपछि उनी सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रवन्धक नियुक्त भए । ग्राण्ड बैंकमा जानुअघि उनी तात्कालिन बैंक अफ एसियाका संस्थापक सिईओ थिए ।