Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा भरतराज ढकाल नियुक्त

२०७४ असार १४ गते

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् । कम्पनीको असार १३ गते बसेको १०१औं सञ्चालक समितिको बैंठकले विकास बैंक समूहमा ढकाललाई नियुक्त गरेको हो । उनी डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष समेत हुन् । यसअघि डेभलपमेन्ट बैंकर्सका तर्फबाट कृष्णराज लामिछानेले प्रतिनिधित्व गर्दै आएका थिए ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।