तीन वटै तहमा बजेट रिपोर्टिङको नयाँ ढाँचा बनाउने तयारी

बैंकिङ खबर। सरकारले तीनै तहका सरकारको बजेटको रिपोर्टिङ गर्ने व्यवस्थामा एकरुपता ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा देशमा वित्तीय संघीयता लागु भएपछि तीनै तहले आ–आफ्नो बजेट बनाएका छन् । मुलुकभर ७ सय ६१ वटा बजेट बनेका छन् । ती बजेटको कार्यान्वयन कसरी भइराखेको छ भन्ने विवरण पाउन अहिले कठिन छ । सबै बजेटको […]


चार महिनामा नेपालको व्यापार घाटा ३७.८ प्रतिशतले बढ्यो

बैंकिङ खबर । आयात र निर्यातबीच सन्तुलन कायम हुन नसक्दा नेपालको वैदेशिक व्यापारमा ठुलो घाटा व्यहोर्नु परेको छ । नेपालले निर्यात र निर्यातजन्य बस्तुको उत्पादन बढाउन नसक्दा ठुलो मात्रामा व्यापार घाटा देखिएको हो । आयातमुखी अर्थव्यवस्थाका कारण नेपालको व्यापार घाटाको आकार फराकिलो हुँदै आएको छ । आर्थिक वर्ष २०७५।७६ को चार महिनामा कुल वस्तु व्यापार […]


पाँच महिनामा एक खर्ब १२ अर्ब वैदेशिक सहायता प्रतिवद्धता, खर्च झन्डै ३३ अर्ब मात्रै

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाललाई एक खर्ब १२ अर्ब १३ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। साउनदेखि मंसिरसम्ममा ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण र १८ अर्ब ४४ करोड रुपैयाँ अनुदानको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । विभिन्न द्विपक्षीय र बहुपक्षीय दातृ निकायबाट यो प्रतिवद्धता प्राप्त […]


पाँच महिनामा संघीय सरकारको पुँजीगत खर्च १२.४६ प्रतिशत मात्रै

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा संघीय सरकारले ३९ अर्ब ११ करोड सात लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा १२.४६ प्रतिशत मात्रै खर्च भएको हो । सरकारी खर्च प्रणालीमा सुधार नहुँदा पुँजीगत बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको […]


पाँच महिनामा ५२ जलविद्युत् आयोजनासँग पिपिए

बैंकिङ खबर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । प्राधिकरणले उक्त […]


अख्तियारले माग्यो राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण

बैंकिङ खबर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबका आयोजनाहरुसँग प्रगति विवरण माग गरेको छ । आयोगले आयोजनामा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रगति विवरण मागेको छ । निर्धारित समयसम्म पनि आयोजनाको आर्थिक र भौतिक प्रगति कमजोर भएको गुनासो आएपछि आयोगले सबै आयोजनालाई पत्राचार गरी के कति कारणले ढिलाइ भएको हो भनेर प्रगति विवरण मागेको जानकारी […]


पुसभित्रै तल्लो मोदीखोलाको विद्युत् उत्पादन, ४२ लाख कित्ता आईपिओ जारी गर्ने 

पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो […]


लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन

पर्सा । चालू आर्थिक वर्ष २०७५।७६ को तीन महिनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख  राजश्व सङ्कलन गर्न सफल भएको छ। सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत […]


एकैदिन तीन आयोजनाको पीपीए

नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणलेसुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ । सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि […]


औद्योगिक विकासको मुख्य माध्यम ‘लघु, घरेलु तथा साना उद्योग’

बैंकिङ खबर । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन् । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान एवम् अन्तरक्रियामा बोल्नेहरुले यस्तो बताएका हुन् । उद्योग विभागका महानिर्देशक विनोद प्रकाश […]


माथिल्लो दोर्दी “ए” को ८० प्रतिशत काम पूरा, फागुनमा सक्ने टार्गेट

बैंकिङ खबर । लिबर्टी इनर्जी कम्पनी लि. ले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मे.वा.को माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको २६२३ मिटर सुरुङ बिहीबार अर्थात् २०७५ असोज १८ गते सम्पन्न (सुरुङ छेडिएको) भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अल गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरे । सो कार्यक्रममा […]


गत आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धि, यस वर्ष ५.५ प्रतिशतमा खुम्चिने

बैंकिङ खबर । गत आर्थिक वर्ष २०७४।७५ मा नेपालले ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा ०.४ प्रतिशतले कम हो । विभागले गत वर्षमा ६.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।  अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक […]


तल्लो मोदीको विद्युत् दशैँअघि बल्ने, ९५ प्रतिशत काम सकियो

पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० […]


देशभर नौ लाख बढी औद्योगिक प्रतिष्ठान, झन्डै ३५ लाखलाई रोजगारी

प्रकाश सिलवाल । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ।  केन्द्रीय तथ्याङ्क विभागले गरेको गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ। यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार […]


३६ हजार बढी उद्योग दर्ता, झन्डै पाँच सय थपिँदै

सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४/७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार […]



नयाँ अपडेट