November 19th, 2019

करसम्बन्धी ११ काम मोबाइल एपबाटै, केके गर्न सकिन्छ ?

बैंकिङ खबर । आन्तरिक राजस्व विभागले आफ्नो मोबाइल एपमा विभिन्न फिचर थप गरेको छ । कर दिवसको अवसरमा २०७६ मंसिर १ गतेदेखि लागु हुने गरी एपलाई अपग्रेड गरिएको हो ।

पछिल्लोपटक अपग्रेड गरिएको आईआरडी एपको सहायताले अब प्यान डिटेल सर्च गर्न, सूचना, प्रकाशन, सम्पर्क नम्बर र करसम्बन्धी विविध जानकारी लिन, ईपेमेन्ट गेटवे प्रयोग गरी कर भुक्तानी गर्न, करसम्बन्धी विवरण हेर्न, तोकिएको अवधिको आयकर विवरण हेर्ने, अन्तःशुल्कको विवरण हेर्ने, कर दाखिलाको विवरण हेर्ने,आ.व. र भौचर नम्बरको आधारमा कर दाखिला भौचर खोज्न, वक्यौताको विवरण हेर्न, टीडीएसको विवरण हेर्न र करदाताको दर्ता र कर संकलनको अवस्था हेर्न सकिने भएको छ ।

विभागको आइआरडी नेपाल नामक मोबाइल एप एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ । एपमा भएका फिचरलाई सबैले हेर्न मिल्ने, करदाताले लगइन गरी हेर्नसक्ने र विभागको आधिकारिक युजरले हेर्नसक्ने गरी ३ भागमा वर्गीकृत गरिएको छ । जसमध्ये करदाताको दर्ता र कर संकलन सम्बन्धी विस्तृत विवरण आधिकारिक युजरले मात्रै हेर्न मिल्छ । त्यसैगरी प्यान डिटेल सर्च गर्ने तथा विविध सूचना र जानकारी लिने कार्य सबै एप प्रयोगकर्ताले गर्नसक्ने व्यवस्था छ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]