बढ्दो डिजिटल बैंकिङ : साझा रुची र चासोको विषय बन्दै
बैंकिङ खबर । डिजिटल बैंकिङ अर्थात् भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात् डिजिटल बैंकिङ एक नयाँ युग हो । अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न […]
बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे
बैंकिङ खबर/ गत आर्थिक वर्षबाट शुरु भएको तरलता अभाव चालु आर्थिक वर्षसम्म आइपुग्दा पनि सहज हुन सकेको छैन । जसका कारण बैंकहरुबाट सहजै ऋण पाउन सक्ने स्थिति छैन् । यसरी बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितोमा राखेर ऋण लिनेको संख्या बढेको पाइएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि बीमालेख धितोमा राखेर ऋण लिने […]
कुन बैंकको सीडी रेसियो कति ? (सूचीसहित)
बैंकिङ खबर/ निक्षेप घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले ९० प्रतिशतको सीमा नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् । अर्को अर्थमा सीडी रेसियो ९० प्रतिशत नाघ्नु भनेको ती बैंकले थप कर्जा दिन नसक्ने अवस्था रहनु […]
ठूला सहकारीमा बढ्दो समस्या
बैंकिङ खबर/ पछिल्लो समय सहकारी संस्थाहरुमा विभिन्न समस्याहरु देखिन थालेका छन् । ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरुले आज सर्वसाधारणको विश्वास गुमाउँदै गएका छन् । देशका ठूला भनिएका सहकारीहरुनै समस्यामा पर्ने गरेका छन् । देशकै ठूलो ठगी काण्डका रुपमा लिइएको ओरियन्टल कोअपरेटिभ […]
बैंकिङ पहुँचमा कायापलट आएको समय
बैंकिङ खबर । विगत केही वर्ष यता नेपालको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ । वित्तीय साक्षरता अभिवृद्धि र वित्तीय पहुँच विस्तारका कारण मानिसहरु बचत गर्न थालेका छन्, उद्यमशीलतातर्फ लागेका छन्, बैंकबाट कारोबार गर्न थालेका छन् । आजभन्दा सात वर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच खासै विस्तार भएको थिएन । ३० वटा वाणिज्य बैंक, ८४ […]
अर्थतन्त्रमा सुधारको संकेत
बैंकिङ खबर/ अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा दबाबै देखिएको भएपनि पछिल्ला एक, दुई महिनामा भने अर्थतन्त्र सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र […]
तरलता अभाव चर्किदो : अस्वाभाविक घट्न थाल्यो निक्षेप
बैंकिङ खबर/ बैंकिङ प्रणालीमा पछिल्लो तीन साता अस्वाभाविकरुपमा निक्षेप घट्न थालेको छ । साउनको तीन सातामा बैंकिङ प्रणालीबाट १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकका अनुसार गत असार ३२ गते बैंकिङ प्रणालीमा ५१ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ निक्षेप रहेको थियो भने साउन २३ गतेसम्म आइपुग्दा १ खर्ब १६ अर्ब […]
राष्ट्र बैंकले फेरि आफैं खरिद गर्यो ट्रेजरी बिल
बैंकिङ खबर/राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले […]
बैंकहरूको निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै न्यून
बैंकिङ खबर/ वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटेको पाइएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै न्यून देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १.२५ प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात गत आर्थिक वर्षमा औसतमा १.१५ प्रतिशत सीमित भएको छ । पुनर्तालिकीकरण/पुनर्संरचना गरेका, कमसल, शंकास्पद तथा […]
यस्ता छन् एकीकृत निर्देशिकामार्फत् राष्ट्र बैंकले गरेका नयाँ व्यवस्थाहरु(पूर्णपाठसहित)
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा कोरोनाको समयमा बैंक तथा वित्तीय संथा, निजी क्षेत्र र ऋणीलाई दिएको सबै सुविधा कटौती गरेको छ । यस्तै केही नयाँ व्यवस्था पनि गरेको छ । नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई […]