
बैंकिङ खबर । विगत केही वर्ष यता नेपालको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ । वित्तीय साक्षरता अभिवृद्धि र वित्तीय पहुँच विस्तारका कारण मानिसहरु बचत गर्न थालेका छन्, उद्यमशीलतातर्फ लागेका छन्, बैंकबाट कारोबार गर्न थालेका छन् ।
आजभन्दा सात वर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच खासै विस्तार भएको थिएन । ३० वटा वाणिज्य बैंक, ८४ वटा विकास बैंक, ५३ वटा वित्त कम्पनी र ३३ वटा माइक्रोफाइनान्स गरी कुल २०० बैंक तथा वित्तीय संस्था संचालनमा थिए ।
यी संस्थाहरुका कुल ३४३० शाखा संचालनमा थिए । संघीयता लागू भएपश्चात् सरकारले सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति लियो ।
कुल ७५३ स्थानीय तहमध्ये २०७९ असारसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ असारसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १२६ रहेको छ । यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७९ असार मसान्तमा ११,५२८ पुगेको छ ।

बैंकहरुको शाखा मात्रै बढेका छैनन्, बैंकिङ प्रणालीको प्रयोग गर्नेहरुको संख्या पनि बढेको छ । बैंकहरुले गाउँगाउँमा गएर शाखा वा शाखारहित बैंकिङमार्फत सेवा दिन थालेपछि खाता खोल्नेहरुको संख्या पनि बढेको छ ।
ठाउँठाउँमा एटिएम स्थापना हुन थालेपछि र कार्डबाटै होटल, पसल लगायतको बिल भुक्तानी हुने भएपछि बैंकिङ कार्ड प्रयोकर्ता बढ्न थालेका छन् ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको
विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय भुक्तानी कारोबार
उल्लेख्य वढेको छ ।
इन्टरनेट भएपछि घरमै बसेर मोबाइलबाटै सपिङ, टिकट बुकिङ, रिचार्ज, अन्य बिल भुक्तानी लगायतका काम गर्न सकिने सुविधा पनि बैंकहरुले दिन थालेपछि मोबाइल र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।
बैंकिङ पहुँच वृद्धिसँगै गाउँगाउँमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उद्यम गर्नेहरु बढेका छन् । विदेशमा सिकेर आएको सीपको प्रयोग गरी कृषि व्यवसायमा लागेका थुप्रै उदाहरणहरु गाउँगाउँमा भेटिन थालेका छन् । मानिसहरुमा बचत र लगानीबारे चेतना जागृत हुन थालेको छ । समग्रान दीर्घकालीन आर्थिक विकासको बाटो सिर्जना भएको देख्न सकिन्छ ।
अधिकांश स्थानीय तहमा बैंकिङ पहुँच
सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने राष्ट्र बैंकको नीति लगभल पूरा हुन लागेको छ । कुल ७५३ स्थानीय तहमध्ये २०७९ असारसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ असारसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १२६ रहेको छ । यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७९ असार मसान्तमा ११,५२८ पुगेको छ ।
हाल २६ वटा वाणिज्य बैंक संचालनमा छन् । जिल्लाका हिसाबले सबैमा वाणिज्य बैंकको उपस्थिती रहेको छ । तर, जिल्लामा जाँदा त्यहाँका सुगम सहर एवम् सदरमुकाममा मात्रै शाखा खोल्ने परिपाटीका कारण सर्वसाधारणहरुको बैंकसम्म पहुँच पुग्न सकेको थिएन ।
एक त बैंकबाट कारोबार गर्नुपर्छ भन्ने नै थाहा नभएका सर्वसाधारण, त्यसमाथि नजिकै बैंक पनि पुगेको थिएन । जसकारण, उनीहरुको पैसा कि त व्याजमा लगाइन्थ्यो, कि त सिरानीमुनी राखिन्थ्यो । यसो गर्दा, ग्रामीण भेगमा रहेका थुप्रै पुँजीहरु राष्ट्रिय अर्थतन्त्रमा जोडिन सकेका थिएनन् ।
यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले अब जिल्लामा नभएर सबै स्थानीय तहमा नै शाखा पुर्याउनुपर्छ भन्ने नीति ल्यायो । हुन त, विकास बैंक र लघुवित्तका शाखा ग्रामीण भेगसम्म पुगेका छन् । तर, सरकारले स्थानीय तहको बजेट वाणिज्य बैंकमार्फत विनियोजन गर्ने भएपछि यो अनिवार्य पनि भएको थियो । त्यसैले, राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई नै ग्रामीण तहसम्म जान प्रोत्साहन गर्यो र अन्ततः अहिले पूर्ण रुपमा सफलता हासिल गर्ने क्रममा रहेको छ ।
