बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ । २०८२ कार्तिक १९ गतेदेखि लागू हुनेगरी पौडेललाई प्रबक्ताको जिम्मेवारी दिईएको नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ । सूचनामा उल्लेख भएअनुसार पौडेल केन्द्रीय बैंकमा मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । वि.सं २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका उनले हालसम्म बेंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण लगायतका विभागहरुमा सकुशल नेतृत्व संहालीसकेका छन् ।
