बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उत्पादनमा लगाउनुपर्ने रकम बैंकवित्तमा जमेर बसेको बताएका छन् । उनले वित्तीय प्रणालीमा पैसा संकलन हुनु अर्थात धेरै पैसा हुनु पनि समस्या भएको बताएका छन् । सबै क्षेत्र शिथिल भएको उल्लेख गर्दै उनले कहिले पैसा नभएर समस्या हुने र कहिले पैसा धेरै भएर समस्या छ भन्ने कुरा व्यक्त गरे । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनको भनाई छ । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बन्न पुगेको गभर्नर पौडेलले बताए । आर्थिक पत्रकारहरुसँगको कुराकानीमा उनले पैसा पर्याप्त भएर पनि लगानी हुन नसक्नु समस्या भएको बताए । अहिले बेंकवित्तमा पर्याप्त पैसा भएको तर लगानी हुन नसकेको उनले बताए ।
