August 9th, 2022

राष्ट्र बैंकले फेरि आफैं खरिद गर्‍यो ट्रेजरी बिल

बैंकिङ खबर/राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो ।

उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।

राष्ट्र सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ ।

मौद्रिक नीतिपछि बैंकहरुले अल्पकालिन ब्याजदरमा भारित वृद्धि गर्दै ट्रेजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर बोलकबोल पेश गरेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर आफैं ट्रेजरी बिल खरिद गर्न लागेको छ ।

१७ साउनमा ९१ दिन अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएकोमा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएको १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]