November 23rd, 2021

मौद्रिक नीति बृहत छलफलबाट ल्याइएकाे हाे, परिवर्तन हुँदैनः गभर्नर अधिकारी

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति बृहत छलफल र सुझबुझ तरिकाले ल्याइएकाे दाबी गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै उनले मौद्रिक नीति कसैको दबाबमा संशोधन नहुने बताए। यस्तै माघबाट अर्थतन्त्र रिफर्म आउने उनले बताएका छन्।

गभर्नर अधिकारीले विद्युतीय अपराधलाई रोक्न सूचना प्रविधि क्षेत्र बलियो बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै नेपालमा अनौपचारिक अर्थतन्त्र मौलाएको र यसमा अध्ययन हुने बताए।

अहिले बैंकमा तरलता अभाव रहेको स्वीकार्दै अधिकारीले हाल बैंकिङ प्रणालीमा ६८ अर्ब निक्षेप र ३०० अर्ब बढी कर्जा प्रवाह भएको जानकारी दिए। यसको समाधान राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ)ले मात्रै नपुग्ने उनको भनाइ थियाे।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]