राष्ट्र बैंकद्धारा प्रदेश २ को आर्थिक रिपोर्ट सार्वजनिक (पूर्ण पाठ सहित)


Bankingkhabar /November 23, 2021

बैंकिङ खबर । मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भए पश्चात् केन्द्रीय बैंकको भूमिकालाई प्रादेशिक स्तरसम्म पु¥याउने अभिप्रायले सबै प्रदेशमा बैंकका प्रादेशिक कार्यालय स्थापना गरिनुका साथै आर्थिक गतिविधि अध्ययनको लागि तोकिएका जिल्लाहरुको संख्या ५८ बाट ७७ पु¥याइएको छ । कार्यक्षेत्र विस्तारसँगै आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न अवलम्बन गरिएको मार्गदर्शनमा समसामयिक संशोधन गरी “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा ल्याइएको छ । उक्त मार्गदर्शन अनुसार प्रदेश नं. २ को ८ वटा जिल्लाहरु (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा) को समग्र आर्थिक तथा वित्तीय अवस्थाको अध्ययन गरी यो प्रतिवेदन तयार गरिएको छ ।

प्रदेश नं. २ का ८ वटै जिल्लाहरुको स्थलगत सर्वेक्षणका माध्यमबाट कृषि, उद्योग, सेवाका साथै पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुको जिल्लागत रुपमा तथ्याङ्क संकलन तथा प्रशोधन गरी यो वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको छ । क्षेत्रगत आर्थिक गतिविधिको तथ्याङ्कीय अवस्थाका साथै प्रत्येक क्षेत्रमा विद्यमान समस्या÷चुनौती र सम्भावनाहरुलाई समेत यस प्रतिवेदनमा प्रस्तुत गरिएको छ । यस प्रतिवेदनमा जिल्लास्थित विभिन्न सरकारी कार्यालय, क्षेत्रीय निर्देशनालय एवम्सम्बन्धित परियोजना/उद्योग प्रतिष्ठानबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लागत तथा प्रदेशको समग्र अवस्था प्रस्तुत गरिएको छ भने सरोकारवाला निकाय÷व्यक्ति तथा विषय विज्ञसँगको अन्तरक्रिया एवम् सर्वेक्षणकर्ताको विश्लेषणसमेतका आधारमा क्षेत्रगत समस्या÷चुनौती तथा बाँकी अवधिको परिदृश्य समेत चित्रण गरिएको छ ।

“आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा आए पश्चात्प्रदेश नं. २ का ८ वटै जिल्लाहरुको वार्षिक तथ्याङ्कलाई आधार मानी तयार गरिएको यो अध्ययन प्रतिवेदनले नीति निर्माता एवम् सम्बन्धित सरोकारवालाहरुलाई प्रादेशिक आर्थिक अवस्था लगायत विद्यमान समस्या/चुनौती, सम्भावना एवम्परिदृश्यका बारेमा जानकारी उपलब्ध गराउन सहयोग पु¥याउने विश्वास गरिएको छ । 

पूर्ण पाठ यस्तो छ । 


सोसिअल मेडिया