November 23rd, 2021

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार

बैंकिङ खबर। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधबार रहेको छ।कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ २४ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र एक दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले आगामी २४ मंसिरमा साधारणसभा आयोजना गर्ने भएकाे छ। सभा होटल वाटर टावर विदुर-४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे आयोजना हुनेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]