November 22nd, 2021

व्यबस्थापन टिमको सक्रियतापछि डुव्लीकेट धितो कर्जा उठाउन सफल भयो कुमारी बैंक

बैंकिङ खबर । कुमारी बैंकमा नक्कली धितो राखेर निकालीएको १९ करोड रुपैयाँ बैंक व्यबस्थापन समितिको पहलमा उठेको छ । उक्त ऋण उठाउन बैंक सफल भएको छ । योगेश्वर अमात्यको जग्गाको नक्कली धितो राखेर बैंकका केही कर्मचारीको लापर्वाहीले एसके महर्जन र मुक्तिलाल गौतमको कम्पनीलाई १९ करोड ऋण दिइएको थियो । गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली लालपूर्जा बनाएर ऋण दिएको थाह पाएपछि बैंकमा उजुरी गरेका थिए । १९ करोड ऋण नक्कली धितो राखेर दिएको जानकारी अमात्यबाट थाहा पाएपछि बैंक व्यबस्थापन समिति सक्रिय भएर लागेको थियो । बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाको नेतृत्व खटिएपछि रकम उठाउन बैंक सफल भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]