November 22nd, 2021

बैंकहरुमा निक्षेप संकलन तथा कर्जा परिचालनको अबस्था

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको (आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको तथ्याङ्कमा आधारित) रिपोर्ट सार्बजनिक गरेको हो । जसमा शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडले घाटामा देखिएको छ । भने रेमिट्यान्समा पनि कमी आएको छ ।

निक्षेप परिचालन

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७.२ प्रतिशतले बढेको छ ।

 २०७८ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.४ प्रतिशत र ५०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो ।

२०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.५ प्रतिशत रहेको छ । २०७७ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह
द्धज्ञ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३१.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १०.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १०.४ प्रतिशतले बढेको छ ।

२०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ ।

निक्षेप निजी क्षेत्र तर्फको कर्जा
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ६.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४.७ प्रतिशतले र हायर पर्चेज कर्जा ३.६ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.२ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा रिभर्स रिपोमार्फत्रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत् रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत्रु.६० अर्ब तरलता प्रशोचन भएको थियो । 

समीक्षा अवधिमा रिपोमार्फत्रु.१८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत्रु.८२२ अर्ब ६८ करोड गरी कुल रु.१००८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको छ ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी रु.२९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी रु.१४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ९४ करोड बिक्री गरी रु.१११ अर्ब ५३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी रु.९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]