Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर समक्ष बैंकर्स संघका आधादर्जन मागहरु : सीडी रेसियो परिवर्तन गर्न आग्रह

२०७८ मंसिर १ गते

बैंकिङ खबर । नेपाल बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीलाई भेटी आधादर्जन माग अघि सारेका छन् । बैंकरहरुले मौद्रिक नीीतको समिक्षामार्फत विभिन्न बुँदालाई सम्बोधा गर्न आग्रह गरे । मुख्यगरी हाल पैदा भएको तरलताको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंकर्स संघको आग्रह छ । बैंकर्स संघको टोलीले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत तरलता समाधान गर्न गभर्नर समक्ष राष्ट्र बैंकलाई आग्रह गरेको हो । संघको टोलीले गभर्नर महाप्रसाद अधिकरी समक्ष तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो खुकुलो गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरू पुनरवलोकन गर्नुपर्ने, पुनर्कर्जाको ब्याजदर अन्तर कम भएको भन्दै त्यसमा पुनरवलोकन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी बैंकरहरुको ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरूमा पनि पुनरवलोकन गर्नुपर्ने, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज पाउनेगरी लगानी गर्न सकिने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारीएको छ । भेटमा गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूलाई कर्जा प्रवाहमा संयमित हुन आग्रह गर्नुभएको थियो ।

 

Ad