Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीति समिक्षामा तरलता समाधान गर्न गभर्नर समक्ष बैंकर्स संघको आग्रह

२०७८ मंसिर १ गते

बैंकिङ खबर । नेपाल बैंकर्स संघले तरलताको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष आग्रह गरेको छ । बैंकर्स संघको टोलीले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत तरलता समाधान गर्न गभर्नर समक्ष राष्ट्र बैंकलाई आग्रह गरेको हो । संघको टोलीले गभर्नर महाप्रसाद अधिकरी समक्ष तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो खुकुलो गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरू पुनरवलोकन गर्नुपर्ने, पुनर्कर्जाको ब्याजदर अन्तर कम भएको भन्दै त्यसमा पुनरवलोकन गर्नुपर्ने माग गरेका छन् । भेटमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा भएको उच्च कर्जा बृद्धिबारे बैंकहरूलाई संयमित हुन आग्रह गर्नुभयो ।

Ad