Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आरम्भ चौतारीमा गाभियो देउराली लघुवित्त, एकिकृत कारोबार सुभारम्भ

२०७८ कार्तिक ३० गते

बैंकिङ खबर । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको छ । एकीकृत कारोबार शुभारम्भ गर्दै प्रमुख अथिति नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताउदै केही नितिगत कुराहरुमा सुधार गर्नु पर्ने बताउनु भयो । बनेपा नगरपालिका वडा न. १० का वडा अध्यक्ष चन्द बहादुर खडकाले लघुवित्तले सदस्यहरुलाई कर्जा लगानी गर्दा सही ठाउमा भए नभएको हेर्नु पर्ने बताउदै प्रत्येक ठाउमा सेवा पुग्नु पर्ने बताउनु भयो । कार्यक्रममा देउराली लघुवित्तका अध्यक्ष बिनोद ज्ञवालीले यस वित्तीय संस्थालाई सबल र सक्षम बनाउदै अगाडी बढने कुरा बताउनु भयो । यसै क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले दुबै एकीकृत पश्चात चुक्ता पुजी ३० करोड ६९ लाख २३ हजार तथा सदस्य संख्या ९२ हजार ९ सय रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको लक्ष्य भनेको देशको ठुलो लघुवित्त संस्था बन्ने गरि अगाडी बढीरहेको बताउनुभयो । उहाँले अहिलकोे अवस्थामा लघुवित्त अपरिहार्य रहेको र जसले सानो सानो ब्यावसायलाई प्रोत्साहन गरिरहेको छ, त्यसले समाजिक आर्थिक अवस्थालाई सुधार गरिरहेको बताउनु भयो । कार्यक्रमको सहजीकरण संस्थाका नायब कार्यकारी अधिकृत किरण काफले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले गर्नु भएको थियो । यस्तै संचालक समितिकोे बैठकले आरम्भ चौतारी लघुवित्तका संचालक पुष्पराज ढकालले दिएको राजिनामा स्विकृत गर्दै पुर्व सहमति अनुसार नै देउराली लघुवित्तको तर्फबाट बिनोद ज्ञवाली लाई संचालक नियुक्ती गरेको छ । सोही बैठकको निर्णय अनुसार देउराली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीलाई कम्पनी सचिबमा नियुक्ति गरेको छ ।