बैंकिङ खबर । बजारमा बैंकिङ तरलता कम गर्न नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागि गरी ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । जस अनुसार ९१ दिनको लागि १० करोडको ट्रेजरी बील र १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरिने छ । पहिलो ट्रेजरी बील माघ २५ गते । दोस्रो ट्रेजरी बील २०७९ बैशाख २७ गते सकिने छ । ट्रेजरी बिल आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको यो ऋण बढीमा एक वर्षको हुन्छ । बैंकवित्तले आबश्यकता अनुसार यसको खरीद गर्न सक्छन् ।
मुख्य
राष्ट्र बैंकले ६ अर्बको ट्रेजरी बील जारी गर्दै, लरलता समाधानमा सहयोगि हुने
२०७८ कार्तिक २२ गते