Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जुवा खेल्ने पैसा सेयरमा लगानी गरौं, भाइटिकाको दक्षिणाले बचत खाता खोलौं ।

२०७८ कार्तिक २० गते

बैंकिङ खबर । यतिबेला तिहारको रमझम, झिलिमिली संगै घरघरमा खुसियाली छाएको छ । हर्षो उल्लास साथ टोल छिमेका देउसी भैलोले सबैको मन फुरुङ बनाएको छ । पारीवारीक जमघटले घरघरमा खुसियाली साटासाट भईरहेका छन् । चाड पर्व भन्ने वित्तिकै मिठो खाने र राम्रो लगाउने मात्र नभई देखासेखिमा क्षमता भन्दा बढि खर्च गर्नेको समेत कमि छैन् । तपाईले अहिले जोगाएको केहि रुपैयाँ भविष्यमा धेरै हजार परिणत हुन सक्छ। पैसा जति भएपनि खर्चका लागि अपुग हुन्छ । त्यसैले आजको थोरै बचत र लगानीले भविष्यमा राम्रो आम्दानि हुन सक्छ। भविष्यमा आम्दानीका लागि तपाइँले बिभिन्न उपाय अपनाउन सक्नुहुन्छ। केहिले तिहारमा पारीवारी रुपमा दाउ संचालन गर्दछन् जसले सामान्य आम्दानी तथा नोक्सानी व्यर्होनु पर्ने हुन्नसक्छ । तर, केहि मानिसले तिहारको समयमा ठुला जुवाको दाउ संचालन गर्ने गर्दछन् जसले गर्दा धेरै नै जोखिम वहन गर्नुपर्ने हुन्छ । जसका कारण कयौंको रोडबास हुने गरेको छ । चाडपर्ब खर्च गर्नका लागि मात्रै होइन । नयाँ र रा्रो कुरा सिक्नका लागि पनि हो । त्यसैले तिहारमा फजुल खर्च घटाएर सेयरमा लगानी गर्ने, बेंक खाता खोल्ने तथा दीदि वहिनीले बचतको सुरुवात गर्नुले भविश्यलाई सहयोगी बन्छ ।

अहिले विभिन्न बैंकवित्तबाट राम्रो व्याज आउने हुँदा बैंक खाता खोलेर जम्मा गर्दा भविश्यका लागि उचित प्रतिफल आउने छ । बजारमा तरलताको अभावले कतिपय मानिसले बैंकबाट कर्जा पाएका छैनन् । तपाई हामीले जम्मा गरेको पैसा बैंकबाट अर्को व्यक्तिले कर्जाका रुपमा लगेर उद्योग संचालन गर्न सक्छ । यसकारण बैंकमा रकम राख्नु भनेको आफ्नो लागि मात्रै होइन । समाज र देशको आर्थिक उन्नतीका लागि पनि सहयोगी बन्नु हो ।

सेयर लगानी 
प्राथमिक बजारमा बिभिन्न कम्पनीका सेयरहरु सय रुपैयाँमा नै आउने गर्छन। दोस्रो बजार भन्दा प्राथमिक बजारमा गरिएको लगानी तुलनात्मक रुपमा कम जोखिम हुन्छ भने प्रतिफलको पनि लगभग सुनिश्चितता नै हुनेगर्छ।  तिहार लगतै केहि कम्पनीले करोडौंको साधारण सेयर सर्वसाधारणमा जारि गर्दैछन। तपाइले तिहारमा जोगाएको केहि सय वा हजार रुपैयाँ यी कम्पनीका साधारण सेयरमा ‘आइपीओ’ लगानी गर्न सक्नुहुन्छ। हाल विभिन्न १६ वटा कम्पनीको आइपीओ आउँदै छ । यी १६ कम्पनीले कुल ४ अर्ब बढि रुपैयाँको आईपिओ निष्काशन गर्ने छन् ।

Ad